लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु

<span class='c1'>लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा</span> <span class='c2'>परी १४ सय भन्दा बढीको मृत्यु</span>

लिबिया । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ ।

गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो ।

“गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ ।

गृह मन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ ।

यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । - सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्