श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए ।

त्यसक्रममा उनले भाइ गोताभायालाई रक्षामन्त्री बनाएका थिए । यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा पनि उनी प्रधानमन्त्री बनेका थिए ।

गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।

श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ  । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्