राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गरेका छन् ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो ।

ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने स्पष्ट पारेको हो ।महाअभियोका लागि छानविन गरिरहेको न्यायिक समितिले ट्रम्प र उनका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिइसकेको छ ।ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन महतदान गर्न सकिने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उनका छोरामाथी छानविन गर्न दवाव दिएको आरोप लागेको छ ।विडेनमाथि छानविन नगरे युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने ट्रम्पले चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।तर उक्त आरोपको ट्रम्पले खण्डन गर्दै आएका छन् । अमेरिकामा राजनीतिक लाभका लागि विदेशी सहायता लिनु गैरकानुनी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्