फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् ।
दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् ।

https://www.facebook.com/ourbrt/videos/649393999216262/

उत्तरपुस्तिका पुनः परिक्षण हुनु पर्ने मुख्य माग गर्दै २ दिनबाट आन्दोलनमा उत्रिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका विराटनगर कै इष्टर्न र पुसेट ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय विहिबार पनि घेराउ गरेका छन् ।
पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरेपछि उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै विद्यार्थील उत्तरपुस्तिका पुनः जाँच गर्न माग गर्दै आन्दोलन गरिेहेका छन् ।

परीक्षा प्रणाली अपारदर्शी र परीक्षार्थी मैत्री नभएको आरोप लगाउँदै बुधबारबाट आन्दोलित बनेका विद्यार्थीले विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय समेत तोडफोड गरेका छन् ।
तोडफोडबाट परीक्षा नियन्त्रण र सह–नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखा शाखाका झ्यालका सिसा र फर्निचरमा क्षति पुगेको छ ।

विद्यार्थी नेता मनोजकुमार रैताले विगतमा दिइएका ईञ्जिीनियरीङको लिखित परीक्षामा विद्यार्थीहरु उतीर्ण हुनुपर्नेमा जानाजान अनउत्तीर्ण गराउने गरेको पाइएपछि आन्दोलन गर्नु परेको बताए । आन्दोलनरत विद्यार्थीले विभिन्न माग राख्दै परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।


विद्यार्थीहरुले हरेक सेमेष्टरमा मौका परीक्षा गर्नु पर्ने, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नु पर्ने, उत्तरपुस्तिका रिचेकिङमा लाग्ने पाँच हजार रुपैयाँ दस्तुरलाई पाँच सय रुपैयाँ मात्रै बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, रिचेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नु पर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र चेक गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग अघि सारेका छन् ।
विश्व विद्यालयका परीक्षा नियन्त्रक प्राडा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु विश्व विद्यालयको नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहेको बताए । उनले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न सकिने उल्लेख गरे ।


कार्यालयको गेटमै धर्ना बसेर नाराबाजी गर्दै प्रदर्शन र तोडफोड गर्न थालेपछि नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर परीक्षा नियन्त्रण कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
विद्यार्थीहरुले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्