मनमोहन पोलिटेक्निकले २ अर्ब १ करोडको सम्पति विश्वविद्यालयलाई बुझायो

<span class='c1'>मनमोहन पोलिटेक्निकले २ अर्ब १</span> <span class='c2'>करोडको सम्पति विश्वविद्यालयलाई बुझायो</span>

विराटनगर । पहिलो पटक नेपालमा प्राबिधि विश्वबिद्यालयको कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले निर्माण गरेको मनमोहन प्राबिधिक विश्वबिद्यालय सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐनमा उल्लेख भए अनुसार स्वामित्व तथा सम्पति हस्तान्तरण भएको हो । शुक्रवार बुढीगंगा गाउँपालिका वडा नम्बर ४ हात्तिमुडामा रहेको मनमोहन पोलिटेक्निकको सभाहलमा भएको कार्यक्रममा पोलिटेक्निकले आफ्नो स्वामित्वमा रहेको २ अर्ब १ करोड २६ लाख ६४ हजार बरावरको चल अचल सम्पती मनमोहन प्राबिधिक विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरेको हो ।मनमोहन पोलिटेक्निकको तर्फबाट मनमोहन स्मृती प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल तथा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरधन राई, सामाजिक विकास मन्त्री तथा विश्वबिद्यालयका सहकुलपति जीवन घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्पती तथा दायित्व ग्रहण गर्नेहरुको साक्षीमा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव सुरेश अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई र मनमोहन पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेल रहेका छन् ।
यसरी हस्तान्तरण भएको स्वामित्वमा ८ करोड ८२ लाख २७ हजार ४६३ नगद सहित १ अर्ब ४ करोड ७७ लाखको जग्गा, ७२ करोड ४५ लाख ९२ हजारको ३१ भवन, ७ करोड ५० लाखको उपकरण, ३ करोड १४ लाख ६५ हजारको फर्निचर रहेको छ । एक करोड ३ लाखको सवारी साधन, ४७ लाख २ हजारको पुस्तक, २ करोड ९६ लाखको पार्कमा भएका संरचनाहरु हस्तान्तरण भएको मनमोहन पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मनमोहन पोलिटेक्नीकको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा नै प्रदेश सरकारले पहिलो पटक यस्तो प्राबिधिक विश्वबिद्यालय बनाएकोमा खुसी ब्यक्त गरे । उनले १४ वटै जिल्लामा स्थानीय तहसँग समन्वय गरेर प्राबिधिक शिक्षा पुर्याउने दाबी गर्दै त्यसको नेतृत्व मनमोहन प्राबिधिक बिश्वबिद्यालयले लिने बताए ।
अबको शिक्षा ७० प्रतिशत प्राबिधि र ब्यवसायीक शिक्षामा जोड दिईनु पर्ने मन्त्री पोखरेलले स्पष्ट पारे । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउनको लागि सरकारले ५ वटा आधारहरु तय गरेको स्पष्ट पार्दै ती आधारहरु यस्तै प्राबिधिक शिक्षा पनि रहेको उल्लेख गरे । उनले कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरण गर्ने, आवश्यकतामा आधारित उद्योग स्थापना, उर्जाको विकास गर्दै एक बर्ष भित्रमा दोब्बर उर्जा उत्पादन, हिन्दु र बौद्ध धर्मालम्बीलाई लक्षित गरी पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने र शिक्षा स्वास्थ्य तथा भौतिक पुर्बाधार निर्माणलाई प्राथमिकता दिने हो भने सबै कुरा पुरा भए सुखी नेपालीको नाराले स्वार्थकता पाउने बताए ।
विश्वबिद्यालयका कुलपति तथा मुख्यमन्त्री शेरधन राईले स्व. भरतमोहन अधिकारीले विश्वबिद्यालय बनाउनको लागि गर्नु भएको प्रस्तावलाई प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै यो अबस्थामा आउन सफल भएको बताए । नेपालकै पहिलो प्रदेश सरकारले बनाएको विश्वविद्यालयको कार्यान्वायन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै मुख्यमन्त्री राईले नमुना विश्वविद्यालय बनाएर देखाउने प्रतिबद्धता जनाए । विश्वविद्यालयको भिजन २०२०–२०३०को गुरुयोजना बनाएर अघिबढ्ने स्पष्ट पारे । स्थानीय तह, प्रदेश , देश तथा विदेशमा समेत जनशक्ति पुर्याउने गरी प्रदेश सरकारले त्यस्ता जनशक्ति यस प्रदेशबाट उत्पादन गर्न सफल हुने बताए ।
सामाजिक विकास मन्त्र िजीवन घिमिरेले नेपालकै ईतिहाँसमा केही असहजताका बिच विश्वबिद्यालय कार्यान्वयनमा लग्न पाएकोमा खुसी ब्यक्त गरे । बिषय केन्द्रित कुनैपनि विश्वबिद्यालय नभएको अबस्थामा मनमोहन प्राबिधिक विश्वविद्यालयले त्यसलाई पुर्णता दिएको उल्लेख गरे ।
यो विश्वविद्यालय अन्य विश्वबिद्यालय जस्तो नभएकोले साझेदारीताको आधारमा विश्वबिद्यालय निर्माण भएको उल्लेख गदै यसमा सरकारको मात्र स्वामित्थ्व नभएको बताए । एक बर्ष भित्रै विश्वविद्यालयबाट पठन पाठन शुरु हुने तथा एक केही बर्ष भित्रमा नमुना विश्वविद्यालयको काम हुने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्