उद्योग संगठन मोरङले गरेको हाजिरीजवाफ प्रतियोगितामा यी बिद्यालयले पाए पुरस्कार

<span class='c1'>उद्योग संगठन मोरङले गरेको हाजिरीजवाफ</span> <span class='c2'>प्रतियोगितामा यी बिद्यालयले पाए पुरस्कार</span>

विराटनगर । उद्योग संगठन मोरङका पुर्ब अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति बिगत केही दिनदेखि बिभिन्न कार्यक्रम गरी मनाईँदैछ । स्मृती कार्यक्रमकै अबसरमा शुक्रबार उद्योग संगठन मोरङको आयोजनामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा १८ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको छनौट चरणबाट ६ टीमलाई अन्तिम चरणका लागि छनौट गरिएको थियो जसमध्ये शिक्षादीप प्रथम, अरनिको दाश्रो, सिटी माध्यमिक विद्यालयले तेश्रो तथा आर.वि.वि.ले सान्तवा स्थान हाँसिल गरेका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय, खेलकुद, बजार, रेपिडफायर गरि जम्मा पाच राउण्डमा प्रतियोगिता गराईएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम द्धितीय, तृतीय तथा सान्त्वना हुने बिद्यालयलाई क्रमश नगद दश, सात, पाच र दुई हजार सहित मेडल, प्रमाण–पत्र, विजयी विद्यालयहरुलाई सिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ। सुयष प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुनिल धनावत, प्रतिभा रिजाल ओली, तथा विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य केदार कार्कीले सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योग संगठन मोरङले स्व. गोल्छाको १० स्मृतिमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता विद्यार्थीहरुको वाहिरी ज्ञानलाई वढावा दिएको वताए । कार्कीले स्कुल कलेजका कितावी ज्ञानका साथै अन्य ज्ञानले मानिसको व्यत्तित्वलाई परिस्कृत गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । ं स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति समितिका संयोजक सुवोध कोईरालाले स्व. महेन्द्र गोल्छाको सम्झनामा विगत वर्ष जस्तै यस वर्ष समेत अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्