विश्वकै कान्छी प्रधानमन्त्री ! ३४ वर्षिया, सान मरिन

विश्वकै कान्छी प्रधानमन्त्री ! ३४ वर्षिया, सान मरिन

एजेन्सी
काठमाडौं, मङ्सिर २३ गते । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ ।
फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उहाँ यातायात मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीसीले जनाएको छ । उहाँले महिलाको नेतृत्व रहने पाँच विभिन्न दलको गठबन्धनको सरकारलाई नेतृत्व प्रदान गर्नुहुनेछ ।

प्रधानमन्त्रीको कार्यालयमा आगमनपछि विश्वकै कान्छो प्रधानमन्त्रीको इतिहास बनाउनुहुनेछ । यूक्रेनका ३५ वर्षिय ओलेक्सी होन्चरुक र न्युजिल्याण्डका ३९ वर्षिय जसिन्ड्रा आर्डेन कान्छो प्रधानमन्त्री हुन ।
थोरै मतको अन्तरले चुनाबमा जित हात पार्नुभएकी मरिनले भन्नुभयो, “जन विश्वास फर्काउन हामीले थुप्रै गर्नुछ ।” आफ्नो उमेरबारे सोधिएको सबालमा उहाँले भन्नुभयो, “मैले आफ्नो उमेर र लिङ्गको बारेमा कहिले सोचिन, मैले राजनीतिमा आइसकेपछि मतदाताको विश्वास जितेर आएकोले उक्त विषयले फरक पर्दैन ।”

मरिन नोर्दिक राष्ट्रमा तेस्रो महिला प्रधानमन्त्री बन्नुहुनेछ । गत् अप्रिलमा सम्पन्न चुनाबमा सोस डेमोक्रयाट पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदायो । गठबन्धनको सरकारलाई नेतृत्व गर्नसक्नेले प्रधानमन्त्रीको कार्यालय सम्हाल्नेछन् ।
फिनल्याण्डका सञ्चारमाध्यमका अनुसार मरिन एकल महिला परिवारमा हुर्किनुभएको हो । उहाँ विश्वविद्यालयसम्मको अध्ययन गर्नुहुने परिवारको एकल र पहिलो ब्यक्ति हुनुहुन्छ । फिनल्याण्डले अहिले यूरोपियन युनियनको अध्यक्षता समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्