न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

न्यूजील्याण्ड । न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने अन्य ८ जना हराइरहेका छन् । प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएकै बेलामा ज्वालामुखी विस्फोट भएको थियो ।  ३४ मानिस बच्न सफल भएका छन् भने ३१ जनाको अझै अस्पतालमा उपचार भइरहेको जनाइएको छ । न्यूजील्याण्डस्थित बेलायती हाइ कमिस्नर लाउरा क्लर्कका अनुसार उपचार भइरहेकामा दुई जना बेलायती महिला पनि छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनकाअनुसार मृत्यु भएका ५ जना मध्ये ३ जना अष्ट्रेलियन नागरिक भएको अनुमान गरिएको छ । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्