अमेरिकामा गोली हानाहान, प्रहरीसहित ६ जनाको मृत्यु

अमेरिकामा गोली हानाहान, प्रहरीसहित ६ जनाको मृत्यु

वाशिङटन । अमेरिकाको जर्सी सहरमा नेपाली समयअनुसार गएराति भएको गोली हानाहानमा एक प्रहरी अधिकारी समेत ६ जनाको मृत्यु भएको छ । सहरका मेयर स्टीवन फुलपका अनुसार घटनामा दुई प्रहरी घाइते भएका छन् । सहरको ग्रीनविले इलाकामा कम्तिमा १ घण्टासम्म दुईतर्फी गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

जर्सी सहर हडसन नदीको पारितर्फ रहेको छ । हडसनको वारितर्फ न्यूयोर्क सहर  छ । यो गोलाबारी कसले र किन गरेको भन्ने यो समाचार तयार पार्दासम्म खुलेको थिएन । अधिकारीहरुले यो आतंकवादी हमला भने नभएको अनुमान गरेका छन् ।

स्थानीय मिडियाका अनुसार गोलाबारीको सुरुवात एक पसलबाट भएको थियो । त्यहाँ दुई संदिग्ध व्यक्तिले आफूलाई लुकाएका थिए ।

मारिएका प्रहरीकर्मी ३९ वर्षका जोसेफ सील्स हुन् । उनी पछिल्लो १३ वर्षदेखि जर्सी प्रहरीको सेवामा रहेका थिए । जर्सी सहरका प्रहरी प्रमुख माइक केलीले जनाएअनुसार जोसेफ सील्सले सडकमा बन्दुकको सफाया गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

स्थानीय समयअनुसार दिउँसो १२ बजे त्यहाँ गोलाबारी भएको हो । ती  प्रहरी अधिकारी संदिग्ध व्यक्तिलाई पक्राउको प्रयासका क्रममा मारिएका हुन् । ती व्यक्तिहरु सुरुमा ट्रकमा चढेर भागेका थिए र एउटा सुपरमार्केटभित्र छिरेर प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीसँग थुप्रै राइफल र गोली पनि थियो । पसलको भित्र तीन व्यक्ति मारिएका थिए । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्