संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अनुमोदन गर्ने अपेक्षा

संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अनुमोदन गर्ने अपेक्षा

 एजेन्सी। अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको आरोपलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

न्यायिक समितिले सत्ताको दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगमाथि छानविन गरिरहेको छ ।

ट्रम्पविरुद्ध युक्रेनलाई उनका राजनीतिक प्रतिद्वन्द्वी जो विडेनलाई भ्रष्टाचारको आरोपमा छानविन गर्न दवाव दिएको आरोप लगाइएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा डेमाक्र्याटिक पार्टका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने चर्चासँगै ट्रम्पले उनीमाथि छानविन गर्न दवाव दिएको आरोप लगाइएको हो ।

तर राष्ट्रपति ट्रम्पले उक्त आरोपको खण्डन गर्दै आएका छन् । उनले आफू निर्दोष रहेकाले महाअभियोग प्रक्रियामा गएपनि निर्दोस सावित हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्