विराटनगरमा अपाङ्ग भएर पनि अरुको लागि न्यानो बन्दै ‘गुजराँती सिकन्दर’

<span class='c1'>विराटनगरमा अपाङ्ग भएर पनि अरुको</span> <span class='c2'>लागि न्यानो बन्दै ‘गुजराँती सिकन्दर’</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर–ईटहरी ६ लेन सडक निक्कै भिडभाड छ । मान्छेहरु आफ्नै ब्यस्ततामा देखिन्छन्। सोमबार मध्यान्ह विराटनगरको पिपलचोक आसपासका आम सर्बसाधारण सबै आफ्नै दैनिकीमा थिए । पिपल चोक नजिकै एक ब्यक्ति जो आफ्नै सुरमा सिरक बनाउन ब्यस्त थिए । सडक छेउमै रहेको भिडभाडका विच एक कुनामा सिरक र डसनाको खात छ, अर्को कुनामा रुवाको डङगुर अनि त्यसैको छेउमा छ लुगा सिलाउने कल र रुवा बनाउने मेसिन । उनी त्यही सिरक डसनाको काम गर्दैथिए । उनको नजिकै थियो एउटा ह्वील चियर ।
यो देखेपछि मलाई लाग्यो पक्कैपनि उनको बारेमा केही जानौँ । म उनले काम गरेको नजिकै गएर उभिएँ । उनले गरेको काम हेर्दै थिएँ । उनले सहजै सोधिहाले ‘तपाई सिरक किन्न आउनु भएको हो ?’
मैले हैन तपाईले बनाएको सिरक हेरेको , भनेर जवाफ दिन नपाउँदै उनले भने ‘तपाईहरुले किन्नुभएन भने त हाम्रो रोजिरोेटी नै रोकिन्छ नी ।’ विराटनगरको पिपलचोकका सिकन्दर सिंह जाडो मौसम शुरु भएसँगै सिरक बनाउन ब्यस्त छन् । उनी हरेक दिन बिहान उठछन् अनी दिनभरी सिरक बनाएर साँझ घर फर्किन्छन् ।
सिकन्दरको दैनिकी
सिकन्दर बिगत १० बर्षदेखि यही पिपलचोकमा सिरक डसना बनाउने काम गर्दै आएका हुन् । उनको तीन छोराछोरी छन् । उनी जाडोको समयमा पिपलचोकमा बसेर सिरक डसना बनाउने काम गर्छन् भने गर्मीयाममा महाबिर चोकमा साइकल बनाउन काम गर्छन् । उमेरले ३५ बर्षिय सिकन्दर शारिरिक रुपमा अशक्त छन् । उनको कम्मरदेखिको तलको भाग कम्जोर छ । उनी हिडडुल गर्नको लागि ह्वील चियरको सहारा लिन्छन् । ‘ म ह्वील चियरबाट आउजाउ गर्छु,, सिकन्दरले भने, ‘जिम्मेवार बोध गरेर काम गर्ने हो भने गरिखान कुनै गाह्रो छैन् ।’
बिभिन्न समस्या र बाध्यताका बिच उनी भारतको गुजरात देखि नेपालको विराटनगरसम्म आईपुगेको बताउँछन् ।
शारिरिक रुपमा जन्मदै देखि उनी कमजोर थिए । घरमा बुढा बाबु र रोगी आमाको साथमा उनकी श्रीमती बस्दै आएकी छन् । कमाएर लग्ने उनी परिवारका एक मात्र सदस्य हुन् । सिकन्दर भन्छन् ‘यो हाम्रो कमाइको सिजन हो । यो मौसममा सिरक डसना बनाउनमा मेहनत गर्न सकियो भने राम्रो कमाइ गर्न सकिन्छ ।’ उनकोदैनिक कमाई भनेको हजार रुपैयाँसम्म हो ।
कमाएको पैसा १५–१५ दिनमा घर पठाउने गरेको सिकन्दर सुनाउछन् । उनी आफू शारिरिक रुपमा कम्जोर भएकोमा केही गुनासो नरहेको बरु आफै माथि गर्व रहेको बताउछन् । सिकन्दर भन्छन् ‘म खुसी छु किनकी मैले आफ्नो जिम्मेवारी बहन गरेको छु । यो समाजमा धेरै छन् जो शारिरिक रुपमा सवल भएर पनि आफ्नो जिम्मेवारी देखि भागी रहेका छन् ।’
विराटनगर र बिराटनगर आसपासमा जाडो मौसम सुरु भएसंगै सिरक र डसाना बनाउनेको संख्या धेरै छ । केही घण्टामै सिरक र डसना तयार पारेर तुरुन्तै राम्रो ज्याला हुने यो कामका लागि नेपालका मात्र हैन भारतीयले पनि राम्रो कमाई गरेका छन् । विराटनगरमै रहेका रैथाने धुनियाँ मात्र छैनन् काम खोज्दै आएका भारतीय धुनियाँहरु घरघरमा गएर त्यहीँ सिरक र डसना बनाउनमा ब्यस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्