कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु

कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु

पइचिङ : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ।

खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुईको खोजी भइरहेको स्थानीय अधिकारीले जनाएका छन्। घटनास्थलबाट सातजनालाई भने जीवितै उद्धार गरिएको छ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको र तेह्रजना खानीभित्रै पुरिएको भोलिपल्ट यो घटना भएको हो। बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए। चीनमा यस्ता विस्फोटका घटना निरन्तर हुँदै आएका छन्। पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटका घटना हुने र मानिसहरूको मृत्यु हुनेगरेकोे छ। गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो। –रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्