भारतीय इतिहासकार गुहा अन्तर्वार्ता दिँदादिँदै पक्राउ

भारतीय इतिहासकार गुहा अन्तर्वार्ता दिँदादिँदै पक्राउ

नयाँदिल्ली : भारतमा नागरिकता संशोधन कानुनको विरोध गर्दै प्रदर्शनमा सहभागी भएका इतिहासकार तथा लेखक रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ ।

एनडिटिभीका लागि अन्तर्वार्ता दिइरहेको ठाउँबाटै उनलाई प्रहरीले बैंलोरबाट पक्राउ गरेको हो । अन्तर्वार्ताको क्रममा उनले अहिंसात्मक प्रदर्शन गरेको तर प्रहरीले दमन गरेको प्रतिक्रिया दिएका थिए ।

गुहा बोल्दाबोल्दै पाखुरा समातेर प्रहरीले लगेको हो । प्रहरीले गुहाको हातमा रहेको प्लेकार्ड समेत जफत गरेको थियो । 'गान्धीको पोस्टर लिएर संविधानका बारेमा प्रेसमा अन्तर्वार्ता दिइरहेको बेला मलाई गिरफ्तार गरिएको छ,' गुहाले भनेका छन् ।

गुहा सहित दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नरेन्द्र मोदी नेतृत्वको सरकराले विवादास्पद नागरिकता विधेयकलाई संसदबाट पारित गरेपछि भारतका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्