विराटनगरका ब्यवसायी सहितको टोली चीनमा

विराटनगरका ब्यवसायी सहितको टोली चीनमा

विराटनगर  । चीनमा भएको व्यापार मेलामा सहभागी नेपाली प्रतिनिधिले नेपालमा जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पुस १ र २ गते चीनमा भएको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा नेपालकातर्फबाट सहभागी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका उपाध्यक्ष चण्डिराज ढकाल लगायतले यस्तो आग्रह गरेका हुन् ।

चीनको जिनानमा आयोजित डिपेन द सिल्क रोड कर्पोरेसन, जिनान २०१९ साउथ एसिया एण्ड साउथ इस्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयरको उद्घाटन सत्रमा सहभागी ढकालले नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका गतिविधिबारे जानकारी गराएका थिए ।

महासंघले देशका सबै उद्योगी–व्यवसायीको हक हितका लागि काम गर्दै आएको र व्यवसायसँग सरोकार राख्ने विभिन्न काउन्सिल र बोर्ड लगायत निकायमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गरे । सरकार र मातहतका निकायसँग लबिइङ गर्ने, नीति नियम, कानून तर्जुमा जस्ता प्रक्रियामा ठोस राय सुझाव दिँदै आएको ढकालले जानकारी गराएको महासंघको प्रदेश १ समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।

उद्योग वाणिज्य महासंघले कर्पोरेट गभरनेन्स, एचआईभी एडस, चाइल्ड लेबर, प्रदूषण, कृषि क्षेत्रको विकासलगायत सामाजिक विकासका गतिविधिमा समेत सक्रियता जनाइरहेको ढकालले बताएका थिए । सन् १९८५ मा सार्कको स्थापना भएपछि १९९२ मा सार्क चेम्बरको गठन भई हाल ८ वटा राष्ट्रका नेसनल चेम्वरहरु यसका सदस्य भएका छन् । महासंघले चीनसँगको वृद्धि गर्न चिनियाँलगानीकर्ता तथा सार्कका लगानीकर्ताहरुसँग सुमधुर सम्बन्धमा कायम गरेको उहाँले उल्लेख गरे ।

चीनले नेपाललाई शून्य टेरिफ सुविधामा ८ हजार निर्यातजन्य वस्तुहरुको सुविधा दिए पनि व्यवहारमा कारोबार हुन नसकिरहेकाले यसमा वस्तुको पहिचना गरी यो सुविधा नेपाली व्यवसायीले लिने विषयमा समेत छलफल भइरहेको बताए ।

नेपालमा लगानीका धेरै सम्भावना भएको भन्दै चीन नेपालको ठूलो व्यावसायिक साझेदार हुन सक्नेमा नेपाली प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । जलविद्युत, पर्यटन, कृषि जस्ता क्षेत्र लगानीका ठूलो सम्भावनाको क्षेत्र भएको उनीहरुले बताए ।

जेनान साउथ एसिया इकोनोमिक एण्ड ट्रेड फेयरमा जेनानका मेयर, डेपुटी मेयर, व्यूरो अफ फोरेन अफेयर्सका डेपुटी डाइरेक्टर, ब्यूरो अफ मिनिस्ट्री अफ कमर्सका डेपुटी डाइरेक्टर जनरल, सिआईसिएमटिका फाउण्डर चेयरमेनलगायत बंगलादेशका करिब २५ जना र नेपालका विशेषगरी सीमा क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्