‘अल्लाह’ को निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना प्राध्यापकलाई मृत्युदण्डको सजाय

‘अल्लाह’ को निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना प्राध्यापकलाई मृत्युदण्डको सजाय

एजेन्सी । पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफीजलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

३३ वर्षीय जुनैद हफीजलाई सन् २०१३ मार्चमा गिरफ्तार गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा पेगम्बर मोहम्मदको बारेमा अपमानजक टिप्पणी पोस्ट गरेको आरोप थियो ।  अतिरिक्त जिल्ला र सत्र न्यायाधीशले जुनैद हफीजमाथ पाँच लाखको जरिबाना पनि तोकेको छ ।

अल्लाहको निन्दा गरेको आरोपमा पाकिस्तानमा निकै गम्भीर मानिन्छ । पाकिस्तानमा आरोप लाग्दा मानै पनि कट्टरपन्थीहरुलाई निशाना बनाउनका लागि काफी हुन्छ ।  हफीजका पहिलेका वकिल राशिद रहमानले सन् २०१४ मा यो मुद्दामा पैरवीको लागि तयार भएका थिए तर उनको गोली हानेर हत्या गरिएको थियो । त्यसपछि यो मुद्दामा लड्नको लागि कोही पनि वकिल तयार भएनन् । पछि एक जना वकिल यो मुद्दा लड्न तयार भए पनि उनलाई धम्की दिइयो ।

यो मुद्दाको सुनुवाइ सन् २०१४ मा सुरु भयो, जसमा अभियोजन पक्षको तर्फबाट १३ जनाले बयान दिए । प्राध्यापक जुनैदको विरुद्ध बयान दिनेहरुमा विश्वविद्यालयका शिक्षक, छात्र र पुलिसकर्मी सामेल थिए । यस दौरान जेलमा जुनैद हफीजमाथि अन्य कैदीहरुले पटक पटक आक्रमण गरे ।

मुल्तान केन्द्रीय जेलमा बन्दी रहेका जुनैदले अमेरिकामा फुलब्राइट छात्रवृत्तिबाट स्नातकोत्तरको पढाइ गरेका थिए र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ । पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापन गर्न थाले । हफीजका वकिलले यो फैसलालाई ‘सबैभन्दा दुर्भाग्यपूर्ण’ भएको र यसको विरुद्ध अपिल गर्ने बताएका छन् ।

यसैबीच अभियोजन पक्षका वकिलहरुले आफ्ना सहयोगीलाई मिठाई बाँडे र साथै ‘अल्ला हो अकबर’ तथा ‘ईशको निन्दा गर्नेलाई मृत्यु’ को नारा लगाए । एमनेस्टी इन्टरनेशनलले पनि यसलाई निकै निराशाजनक र आश्चर्यजनक भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्