आयो दिशाको बागी ३ वाला भिडियो

आयो दिशाको बागी ३ वाला भिडियो

मुम्बइ ।  टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा समानान्तर भूमिकामा उनको नायिकाको रूपमा दिशा पटानी थिइन् । तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो । फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ ।

यो भिडियो अभिनेत्री दिशाले अब बागी ३ को पालो भन्दै यसमा आफूले काम गरेका केही दृष्यहरू राखेकी छन् । अहिलेसम्म बागी ३ मा दिशा छैनन् भनिएकोमा फिल्म रिलिजको दुई महिनाअघि यी अभिनेत्री आफैंले बागी ३ मा आफू भएको खुलासा गरेकी छन् ।

तर, यो फिल्ममा उनी कुन र कस्तो भूमिकामा छिन् भन्ने खुलाइएको छैन । निर्माण पक्षले पनि यो कुराको खुलासा गरेको छैन । उनले किन यसरी आफू फिल्ममा भएको दाबीसहित भिडियो सार्वजनिक गरिन् भन्ने विषय यनतिबेला चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्