सौन्दर्य : जाडोमा छाला चम्किलो र मुलायम बनाउने आठ तरिका यस्ता !

सौन्दर्य : जाडोमा छाला चम्किलो र मुलायम बनाउने आठ तरिका यस्ता !

काठमाडौं । चिसो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् ।

“जाडो मौसममा हाम्रो छालामा पनि रुखो फुट्ने र सुख्खा हुने समस्या देखिन्छ, कतिपयमा भने छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्यासमेत देखिने गरेको पाइन्छ,” उनले भनिन्, “हामीहरु छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । छालालाई कसरी मुलायम, चम्किलो, रसिलो र स्वस्थ्य राख्ने भन्ने कुरा जान्नुपर्छ ।”

जाडोमा छाला मुलायम र चम्किलो बनाउन यस्ता छन् आठ तरिका :

१. शरीरमा पानी कम हुन नदिन पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने ।

२. बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गर्ने ।

३. अनुहारमा तातो पानीको बाफ लिने जसले गर्दा बन्द भएका छिद्र खुल्छन् ।

४. मोस्चराइजिङ क्रिम पनि प्रयोग गर्ने आफ्नो छालाको प्रकृतिअनुसार नै त्यसको छनोट गर्ने ।

५. अनुहार हातले हल्का मसाज गर्ने जसले गर्दा अनुहारमा रक्तसञ्चार भएर छालाको सौन्दर्य कायम राख्छ ।

६. मौसमी फलफूलहरु सुन्तला, बदाम आदि सेवन गर्ने ।

७. छालालाई स्वस्थ्य राख्नेभन्दा हामी छालाको बाहिरी स्यहारमा मात्र ध्यान दिन्छौँ । यद्यपि यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

८. प्राणायामजस्ता विधीले पनि शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यसले छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्