एजेन्सी । रसियाले सिरियामा गरेको हमलाको विरोधमा टर्कीको राजधानी इस्तानबुलमा हजारौं सर्वसाधारणले प्रदर्शन गरेका छन् ।सिरियाको इडलिब प्रान्तमा भएको हमलाको विरोधमा हजारौं प्रदर्शनकारीहरुले टर्कीको स्तानबुलमा रहेको रुसी महावाणिज्य दुतावास अघि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरु प्राय टर्कीमा बसोबास गर्ने सिरियालीहरु रहेको बताइएको छ । सिरियाको उत्तरी इडलिब क्षेत्रमा आम नागरिकको हत्यामा रसिया संलग्न रहेको उनीहरुको आरोप छ ।प्रदर्शनकारीहरुले आक्रमणबाट घाइते भएका महिला तथा बालबालिकाको तस्विरसहित नाराबाजी गरेको समाचारमा जनाइएको छ ।
उनीहरुले बालबालिका र महिलामाथि आक्रमण हुँदा पनि विश्व समुदायले आफूहरुका कुरा नसुनेको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए ।
पछिल्ला दिनहरुमा सिरियामा भएको हमलामा ३० हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार हालैका दिनमा भएको आक्रमणमा दुई लाख भन्दा बढी बिस्थापित भइसकेका छन् भने यो हिंसा नरोकिए अझै ४ लाख भन्दा बढी मानिस बिस्थापित हुने अनुमान गरिएको छ ।