भ्रमण बर्षमा विराटनगरले सिक्नै पर्ने पाठ, सडक बन्यो सरसफाईमा ध्यान गएन

भ्रमण बर्षमा विराटनगरले सिक्नै पर्ने पाठ, सडक बन्यो सरसफाईमा ध्यान गएन

विराटनगर । विराटनगरका बुधवार भब्य रुपमा भ्रमण बर्षको उद्घाटन भयो । बिराटनगरको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको प्रदेश सरकारले भब्य कार्यक्रमको आयोजना गरि रहँदा विराटनगरका धेरै ठाउँ अस्तब्यस्त र फोहोर थिए ।

कतै बाटो भर्खरै बन्दै गरेको अबस्थामा छ भने कतै बनेका सडकहरु पनि भत्किसकेको अबस्थामा छन् । धुलाम्य छ बजार अनि बाटोहरुमा फोहोर जताततै देख्न सकिन्छ । यो अबस्था कुनै टाढाको भने हैन, प्रदेश १ को राजधानी विराटनगरको हो । यस्तो अबस्था भएको पनि धेरै समय भईसकेको छ, तर कुरा अहिले किन आयो भने प्रश्न उठ्न सक्लान् ।
सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । बुधवार प्रदेश १ को राजधानी बिराटनगरमा प्रदेश सरकारले पर्यटकलाई प्रदेशमा आउन आब्हान गर्यो भने संघीय सरकारले दशरथ रंगशालामा भब्य कार्यक्रमको आयोजना गरियो ।

प्रदेश १ मा प्रदेश सरकारले पनि भ्रमण बर्षलाई भब्य रुपमा सफल पार्न लागि परिरहेकै देखिन्छ । विभिन्न अभियान तथा कार्यक्रमहरु गर्दै बढी भन्दा बढी पर्यटकहरुलाई कसरी आकर्षित गर्ने भनेर कार्ययोजनाहरु पनि बनि नै रहेका छन् ।
तर विराटनगर महानगरपालिकाले यस बिषयमा खासै चासो दिएन । प्रदेश सरकारले भब्य कार्यक्रमको आयोजना गरि रहँदा स्थानीय सरकार बिराटनगर महानगरपालिकाले फोहोर ब्यवस्थापनमा ध्यान दिन नसकेको सरोकारवालाहरु बताउँछन् ।

बेला बेला विभिन्न संस्थाहरु तथा महानगरपालिकाले सरसफाई अभियान सञ्चालन नगरेको भने हैन । बिहानै नगरपालिकाले बजार सफा गर्न कर्मचारीहरु पनि खटाई रहेको हुन्छ । कर्मचारी हुँदा हुँदै पनि बजार किन सफा हुन सकेन त ? विराटनगरको तिनपैनी देखि ट्राफिक चोकसम्मको बजारलाई नियाल्दा फोहोर ब्यवस्थापनमा कामै भएको देखिँदैन । सडक चिल्लो भयो तर त्यसका छेउछाउ पुरानै अबस्थामा फर्किन थालेका छन् । सरसफाईको लागि धेरै प्रयास हुँदा हुदै पनि किन सफा भइरहेको छैन विराटनगर ? दोष कसलाई दिने ? प्रदेश सरकारलाई या त महानगरलाई अथवा सर्वसाधारणलाई ?
बजारमा रहेका विजुलीका पोल पसलका सटरहरु तथा घरका भित्ताहरुमा पोस्टर टाँसिएको बाटामा जताततै फोहोर जसले बजारलाई कुरुप बनाएको छ । तिनपैनि देखि ट्राफिक चोक सम्मको फोहर हाल्नको लागि एउटा पनि भाँडो राखिएको छैन । पानिका बोतल, गुट्का खैनीका खोल, चाउचाउ बिस्कुटका खोल लगायतका फोहोर बाटोभरी फालिएका छन् ।
सुन्दर प्रदेश १ अनी त्यसको राजधानीलाई सुन्दर बनाउने बारेमा अब ढिला गर्नु हुँदैन । पर्यटक ५ लाख भित्र्याउने कुरा छ, तर कस्ता पर्यटक ल्याउने अनी पर्यटक ल्याउँदा प्रदेशको राजधानीले सन्देश के दिने ? भ्रमण बर्ष २०२० मा प्रदेश १ को राजधानीमा आएका पर्यटकहरुले विराटनगरलाई कसरी लिएलान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्