इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा

<span class='c1'>इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई</span> <span class='c2'>८ करोड डलर पुरस्कार दिने घोषणा</span>

तेहरान : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो।

सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको छ। ‘इरानमा ८ करोड बासिन्दा छन्’, द सनले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै लेखेको छ, ‘यो जनसंख्यामा आधारित हुँदै हामी ८० मिलियन डलर खर्च गर्न चाहन्छौँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई पुरस्कार हो।’

लगत्तै राष्ट्रपति ट्रम्पले यदि इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्त दिने प्रतिक्रिया जनाएका थिए। उनले आइतबार मात्रै ट्वीटरमार्फत इरानको आक्रमणको जवाफ नयाँ हतियारबाट गर्ने चेतावनी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्