अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि कडा प्रतिबन्ध लगाउने चेताबनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि कडा प्रतिबन्ध लगाउने चेताबनी

एजेन्सी
काठमाडौं, पुस २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि कडा प्रतिबन्ध लगाउने चेताबनी दिनुभएको छ । इराकी संसदले आइतबार अमेरिकी सेनालाई इराक छोडन प्रस्ताव पारित गरे लगत्तै ट्रम्पले यस्तो चेताबनी दिनुभएको हो ।
करीब पाँच हजार अमेरिकी सैनिक इराकमा छन् । इस्लामिक स्टेट विरुद्धको कारबाहीको लागि अन्तर्राष्ट्रिय सैन्य गठबन्धन इराकमा सक्रिय छन् । आइतबार इराकी संसदले इस्लामिक स्टेट विरुद्धको ओपरेशन तात्काल रोक्ने प्रस्ताव पारित गर्दै विदेशी सेनालाई इराक छोड्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावर्मा शिया मुस्लिम सांसदहरुले पनि समर्थन जनाएका थिए । शिया मुस्लिमको इरानसँग सामीप्यता रहेको बताइन्छ ।

यसैबीच इरानले २०१५ को परमाणु सम्झौताको पालना नगर्ने प्रष्ट्याएको छ । उक्त सम्झौतामा इरानले संवेदनशिल परमाणु गतिविधिलाई सिमित गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई नीरिक्षण गर्न दिने उल्लेख छ । जवाबमा अन्तर्राष्ट्रिय समुदायले आर्थिक प्रतिबन्ध हटाउनेछन् ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले २०१८ मा उक्त सम्झौता त्याग्नुभएको थियो । उहाँले इरानलाई ब्यालेष्टिक क्षेप्यास्त्र विकास गर्ने गतिविधि रोक्नुपर्ने भन्नुहुँदै नयाँ सम्झौताको प्रस्ताव गर्नुभएको थियो । इरानले ट्रम्पको प्रस्ताव अस्वीकार गरेको थियो । र त्यत्तिबेलादेखि नै इरान २०१५ को परमाणु सम्झौताको वरिपरि घुमिरहेको छ । २०१५ सम्झौतामा जर्मनी, फ्रान्स, बेलायत, चीन र रुस पनि हस्ताक्षरकत्र्ता हुन् । यी राष्ट्रहरुले इरानलाई उक्त सम्झौतामा दृढ रहन जोड दिदै आएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इराकमा करोडौं डलर खर्च गरेर अमेरिकाले निर्माण गरेको हवाइ अड्डाको मूल्य चुक्ता नगरेसम्म फित्र्ता नहुने प्रष्ट्याउनुभएको छ ।
गत् साता बगदादमा इरानी कमाण्डर कसिम सुलेमानी अमेरिकी हवाइ आक्रमणमा मारिएपछि दुई देशबीच तनाब बढेको छ । इराकबाट सुलेमानीको शव आइतबार इरान पुर्याइएको थियो । जहाँ हजारौं समर्थकले उहाँलाई श्रद्धाञ्जली दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्