अमेरिका-इरान द्वन्द्व चर्किएपछि त्रासले फर्किए सात नेपाली

अमेरिका-इरान द्वन्द्व चर्किएपछि त्रासले फर्किए सात नेपाली

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ।

उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्। इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

आइतबार र सोमबार फर्काइएको टोलीमा सात नेपाली छन्। बग्दादस्थित नेपाली दूताबासले इराकमा कार्यरत नेपालीसँग घर फर्कनको लागि सम्पर्क बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्