दुखद खबर : इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु

दुखद खबर :  इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु

एजेन्सी
काठमाडौं, पुस २३ गते । इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो ।
इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ । इरानमा राहत तथा उद्धारको कार्य गर्दै आएको रेड क्रिसेन्टले भने दुर्घटनामा जिवितै ब्यक्ति फेला पार्न नसकेको बताएको छ ।
इरानको तेहरानबाट उक्त विमान यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो । विमान प्राविधिक त्रुटी र समस्याका कारण दुर्घटनाग्रस्त भएको सीएनएनले जनाएको छ । यद्दपी अमेरिका र इरानबीचको तनाबसँग उक्त विमान दुर्घटनाको सम्बन्धबारे स्पष्ट भइसकेको छैन् । उक्त विमान इरानको दुई शहर परन्द र शहरियार बीचको एक खुला मैदानमा दुर्घटना भई खसेको हो ।
यूक्रेन अन्तर्राष्ट्रिय विमानको प्रमुख प्रशाकीय अधिकृतको रुपमा देवीड काल्हान कार्यभार सम्हालेको भोलीपल्टै विमान दुर्घटना भएको हो ।
इरानस्थित यूक्रेनी दूताबासले भने क्षतिको यकिन संख्या आउन नसकेपनि पहिचानसँगै संख्या खुलाउने प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्