अमेरिका–ईरान तनाव, सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प 

अमेरिका–ईरान तनाव, सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प 

एजेन्सी । अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ ।

आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।  मिसाइल आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमणमा अमेरिकी सैनिक मारिएको भन्ने खबरको खण्डन गरेका छन् ।

ट्रम्पले १० मिनेटभन्दा कम समयको भाषणमा ईरान, सैन्य प्रमुख सुलेमानी, परमाणु सम्झौता आदिका बारेमा भनाइ राखे । ट्रम्पले भने, ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।’

‘ईरान युद्धबाट पछि हटिरहेको जस्तो देखिन्छ, जुन पूरै विश्वको लागि राम्रो कुरा हो । अमेरिकाले ईरानमाथि अझै कडा प्रतिबन्ध लगाउँदैछ’, ट्रम्पले थपे । साथै ट्रम्पले आफू अमेरिकी राष्ट्रपति रहेसम्म ईरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने दाबी गरे ।  ट्रम्पले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनसँग आग्रह गर्दै सन् २०१५ मा ईरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन भनेका छन् ।

हामी सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प 

ट्रम्पले ईरानलाई सम्बोधन गर्दै भने, ‘ईरानले आफ्नो परमाणुसम्बन्धी इच्छा र आतङ्कवादीको समर्थन गर्न बन्द गर्नुपर्ने हुन्छ ।’ट्रम्पले रुस, चीन लगायतका देशलाई ईरानसँगको परमाणु सम्झौता समाप्त गर्न पनि आग्रह गरेका छन् । उनले अमेरिका मध्यपूर्वमा तेलको पछि नरहेको उल्लेख गर्दै भने, ‘अमेरिका आफैमा विश्वको सबैभन्दा तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ । अमेरिका आर्थिक र सैन्य हिसाबले स्थिर छ ।’

ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई खारेज गर्दै भने, ‘अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति भएको राष्ट्र हो तर यसको मतलब हामी सैन्य शक्ति प्रयोग गर्दैनौँ । हामी उनीहरुलाई प्रयोग गर्न चाहँदैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्