क्यानडियन मन्त्रीले गरे नेपाल भ्रमण बर्षको उद्घाटन, मन्त्री र सांसद पनि नेपाल घुम्न आउने

क्यानडियन मन्त्रीले गरे नेपाल भ्रमण बर्षको उद्घाटन, मन्त्री र सांसद पनि नेपाल घुम्न आउने

क्यानडा । नेपाल सरकारले एकै दिन विभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवात गर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्री तथा सांसदबाट कार्यक्रमको उद्घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल भ्रमण गरिसकेका क्यानडियन मन्त्री, सांसद, विभिन्न देशका राजदुतहरु, पर्यटन ब्यवसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्वय समितीका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण बर्ष सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भ्रमणका लागि विश्वकै नमुना देश नेपाल भएको भन्दै आफू पनि नेपालको भ्रमण गर्न उत्साहित रहेको उनको भनाई छ ।
सांसद चन्द्र आर्याले नेपाल भ्रमण बर्षको स्वागत गर्दै नेपालको बारेमा आफू नजिकैबाट जानकार रहेकोले नेपाल घुम्नका लागि अत्यन्तै महत्वपूर्ण देश भएको बताए । आफू पनि एक पटक नेपाल घुम्न जाने अवसर पर्खिरहेको उनको भनाई छ ।
क्यानडाकालागी नेपाली राजदुत भृगु ढुङाना, गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबल्स अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सांसद चन्द्र आर्याले दिप प्रज्वलन गर्दै नेपाल भ्रमण बर्ष सफलताको कामना गरे ।
कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै राजदुत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आवश्यक पुर्वाधार सम्पन्न गरि २० लाख पर्यटक भित्र्याउन तयार रहेको बताउदै क्यानडियन मन्त्री तथा सांसदहरुलाई नेपाल भ्रमणको लागि निम्तो दिए ।
क्यानडामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुसंग सहकार्य गरि भ्रमण वर्षको प्रचार प्रसार तीव्र पारिने पनि स्पष्ट पारे।
यसै गरि गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा संयोजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउदै गरेको भ्रमण बर्ष सफल बनाउन नेपाल सरकार, राजदुताबास, नेपाली समुदायका संघ सस्थाहरु र एन आर एन ए क्यानडाले हातमा हात मिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गरिने बताए ।
एन आर एन ए क्यानडाले यसअघि नै विभिन्न कार्हक्रमहरु विच भ्रमण वर्षको प्रचार प्रसार शुरु गरिसकेको छ ।
टोरोन्टो, ब्राम्पटन, मिसिसागा लगायतका शहरबाट पनि लामो दुरि पार गरेर नेपाली प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुन राजधानी अटोवा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्