इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

एजेन्सी । इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् ।

अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो ।

इरानले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । उक्त दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनको अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको इमाम खमेनी एयर्पोट नजिकै गोली हानी दुर्घटना गारइएको थियो ।

अघिल्लो साता अमेरिकी सेनाले गरेको हवाइ कारवाही इरानी सैन्य कमाण्डर कासेम सोलेमानी मारिएपछि इरान र अमेरिकाबीच सम्बन्ध चिसिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्