थाइल्याण्डको नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु

<span class='c1'>थाइल्याण्डको नाखोन शहरमा एक सैनिकले</span> <span class='c2'>गोली चलाउँदा २१ जनाको मृत्यु</span>

एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ ।

सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । प्रहरीले सपिङ सेन्टर वरपर सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाइ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्