इरानले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण, अमेरिका सशंकित

इरानले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण, अमेरिका सशंकित

एजेन्सी । इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो ।

इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएपछि इरानले आन्तरिक रुपमा आणविक हतियार उत्पादन र भण्डारणलाई प्राथमिकता दिएपछि अमेरिकालगायत शक्तिशाली राष्ट्रहरुको टाउको दुखाइको विषय बनेको छ ।

इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध र अवरोधको सामना गर्दै घरेलु हतियार उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

इरानले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेपनि प्रतिबन्धका कारण वायू सेना पूर्ण रुपमा टर्की र साउदी अरेबिया भन्दा कमजोर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्