अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट

अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट

एजेन्सी । गत महिना अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट देखिएको एक सार्वजानिक डाटाले देखाएको छ । यस्तोमा आर्थिक गतिविधिलाई पुनः सक्रिय राख्न तत्कालै प्रोत्साहनपूर्ण कदम आवश्यक रहेको डाटामा उल्लेख गरिएको हो ।

अष्ट्रेलियाको डलर यसअघि एक तिहाइले घटेको थियो । त्यसैले यो अर्को चिन्ताजनक रिपोर्टले प्रधानमन्त्री स्कट मोरिसनको सरकारमाथि झन ठूलो दबाब उत्पन्न गराएको बताइएको छ । गत अक्टोबरमा मात्र नयाँ रोजगारी १९ हजारले घटेको हो जुन २०१६ पछिको सबैभन्दा ठूलो गिरावट भएको बताइएको छ । त्यस्तै बेरोजगारी दर पनि ५.३ प्रतिशकत वृद्धि भइ उच्च बिन्दुमा पुगेको हो । यसअघि विश्लेषकहरुले १५ हजार रोजगार क्षेत्र थप हुने अनुमान गरेका थिए । तर रोजगार वृद्धिको कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको हुँदा यसले रिजर्भ बैंक अफ अष्ट्रेलियाका लागि उपभोक्ताको खर्च दर सम्बन्धी समस्या गराउन सक्ने बताइएको छ ।

हालसम्म अष्ट्रेलियालाई कामदारको अभाव सम्बन्धी कुनै समस्या परेको छैन । गत अक्टोबरसक्म्म पनि त्यहाँ २ लाख ५० हजार बढी नियुक्ति भएको तथ्याङ्क रहेको छ जसमा पनि अधिकतम ‘फुल टाइम ’ काम गर्नेहरु रहेको बताइएको छ । त्यस्तै वार्षिक रोजगार पनि वृद्धि २ प्रतिशतमै कायम छ जुन अमेरिकाको १.४ प्रतिशत भन्दा धेरै हो ।

तर नयाँ रोजगार अवसरका लागि थप नयाँ कार्यबल नियुक्त गरिएको हुँदा पहिलेको बेरोजगारीको समस्या झन वृद्धि भएको बताइएको छ । जुन दरमा रोजगार क्षेत्र वृद्धि भइरहेको छ त्यो भन्दा धेरै गुणा बढीले कामदारहरुको सङ्ख्या बढेकाले पनि आर्थिक विकासमा कुनै प्रभाव नपरिरहेको बताइएको छ । आधिकारिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा कार्यबलको सहभागीता ६६ प्रतिशत रहेको छ जुन हालसम्मकै उच्च रेकर्ड हो । त्यस्तै मरिसन प्रशासनले दक्ष आप्रवासनका लागि पनि देशको ढोका खुलाएको हुँदा काम गर्नेहरुको सङ्ख्या लगातार वृद्धि हुने क्रम जारी छ । यस वर्ष सेप्टेम्बरसम्ममा मात्र तीन लाख भन्दा धेरै आप्रवासीहरुको आगमन भएको बताइएको छ ।   – रोएटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्