२९ असार २०७७, सोमबार

चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ ।

चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ ।जसमा ३ हजार २ सय ८१ जना उपचारपछि घर फर्केका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले एक विशेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ ।

यता कोरोना भाइरसले विश्वका अन्य २७ देशका नागरिकहरु पनि संक्रमित भइसकेका छन् । यसैबीच हङकङले क्रुजको क्वारेन्टाइनमा राखेका ७ सय जनालाई घर जान अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-11

Country Confirmed Death
Nepal1671938
India84952222673
China850714641
Malaysia8704122
Qatar103128146
Australia9797108
US3245925134777
Saudi Arabia2294802181