जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि

<span class='c1'>जापानमा थप ६५ जनालाई कोरोना</span> <span class='c2'>भाइरसको सङ्क्रमण भेटिएको पुष्टि</span>

एजेन्सी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।

पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ।

पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको  पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन। उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ।

पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन्। कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्