अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने

<span class='c1'>अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी</span> <span class='c2'>१६ मा सपथ लिने</span>

नयाँ दिल्ली, फाल्गुन १ गते । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।
सामाजिक अभियन्ता अन्ना हजारेसँग लामो समयसम्म दिल्लीस्थित रामलिला मैदानमा संघर्षका कार्यक्रम चलाएका केजरिवाल सपथ ग्रहणका लागि उक्त स्थान नै चयन गर्नुहुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्