भारतमा अरविन्द केजरीवाल तेश्रो पटक दिल्लीको मुख्यमन्त्री बने

भारतमा अरविन्द केजरीवाल तेश्रो पटक दिल्लीको मुख्यमन्त्री बने

काठमाडौं, फागुन ४ । भारतमा अरविन्द केजरीवाल तेश्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका छन् । हालै सम्पन्न बिधान सभाको निर्वाचनमा बहुमत हासिल गरेको आम आदमी पार्टीका नेता केजरीवालले आज तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको शपथ लिनु भएको हो ।

दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालसंगै अन्य ६ जनाले मन्त्रीको शपथ लिएका छन् । केजरीवालको मन्त्रिमण्डलमा फेरि पनि पुरानै अनुहार दोहोरिएका छन् ।

शपथ ग्रहणमा निम्ता गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अनुपस्थित् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावमा आम आदमी पार्टीले ६२ सीट हासिल जितेर बहुमत हासिल गरेको थियो ।

भारतीय जनता पार्टी ८ सीटमा सिमित रहंदा कांग्रेस आईले भने खातासम्म खोल्न सकेन । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्