विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै, विराटनगरका एक शिक्षक निष्काशित( भिडियो सहित)

विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै, विराटनगरका एक शिक्षक निष्काशित( भिडियो सहित)

विराटनगर । शिक्षा ऐन अनुसार कुनै विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना विद्यार्थीमाथी कुटपिट गर्न पाईदैन । तर विराटनगरको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट गरेका छन् ।

विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेन्डरी स्कुलका एक शिक्षकले विद्यार्थी माथी निर्धात कुटपिट गरेको घटना बाहिरीएको छ । यस अघि पनि विराटनगरको एक विद्यालयले एक छात्रालाई निलडाम हुने गरी कुटपिट गरेको घटना बाहिरीएको थियो ।

उता घटना सेलाउन नपाउदै भगवती सस्कुलका कम्प्युटर पढाउने शिक्षकले कक्षा ८ मा अध्ययनरत मनोज कुइखेललाई गृहकार्य गर्न दिएको पढ्न नआएको भन्दै कुटपिट गरेका विद्यार्थीले बताए । शिक्षकले तलाई कक्षा ८ को बोर्ड परीक्षामा फेल गराईदिन्छु भन्दै आफूलाई कुटपिट गरेको विद्यार्थीरुले बताए ।

शिक्षकले कुटपिट गरेका कारण आफ्नो छोरालाई रातीदेखी नै ज्वारो आएको कारण एक दिन स्कुल नै जान नसकेको विद्यार्थीकी आमा रिता कुईखेलले बताईन् ।
यस अघि पनि सोही शिक्षकले विद्यार्थीमाथी कुटपिट गरेको भन्दै स्कुलले एक पल्टलाई माफी दिईसकेको थियो । यसरी बारम्बार विद्यार्थीमाथी कुटपिट गर्ने शिक्षकलाई स्कुलबाट नै निष्काशन गर्नेुपर्ने विद्यार्थीका अभिभावकले बताए ।


यता स्कुल प्रशासनले भने यसरी बारम्बार कुटपिट गर्ने शिक्षक पवन भगतलाई कारबाही अनुसार स्कुलबाट नै निष्कासन गरिएको स्कुलका प्रिन्सीपल धनकुमार राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्