कोरोना भाइरसः वृद्ध र बिरामीलाई सबैभन्दा खतरा, कस्तालाई हुन्छ छिटो संक्रमण ?

कोरोना भाइरसः वृद्ध र बिरामीलाई सबैभन्दा खतरा, कस्तालाई हुन्छ छिटो संक्रमण ?

एजेन्सी । चीनको स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट बिमारी भएका ४४ हजार भन्दा बढी मानिसको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गरेको छ । बिमारी फैलिएपछिको सबैभन्दा ठुलो शोध हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेशन (सीसीडीसी) ले यो रिपोर्ट बाहिर ल्याएको हो । रिपोर्ट अनुसार ८० प्रतिशत भन्दा बढी सामान्य बिमारी हुन् ।

अध्ययनका अनुसार बीमारी भइरहेका र वृद्धहरु कोरोना भाइरसबाट ग्रसित हुने खतरा धेरै रहन्छ । यो शोधले यो पनि पत्ता लगाएको छ, यो रोगको उपचार गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीलार्ई पनि यो रोग सर्ने खतरा बढी छ ।

बुहान शहरका एक अस्पतालका निर्देशकको मंगलबार मात्रै मृत्यु भएको छ । ५१ वर्षीय ली जिमिगं बुहान शहरको वुचांग अस्पतालका निर्देशक थिए । जिमिंग यस भाइरसबाट मर्ने अहिलेसम्मका वरिष्ठ स्वास्थ्य अधिकृत हुन् । हुबे सबैभन्दा बढी प्रवाभित भएको प्रान्त हो भने बुहान शहर यही प्रान्तमा पर्छ ।

सीसीडीसीको रिपोर्ट अनुसार हुबे प्रान्तमा मृत्युदर २.९ प्रतिशत छ जबकि पुरै चीनमा मृत्युदर ०.४ प्रतिशत छ । शोधबाट पत्ता लागेको छ कि कोविड–१९ बाट मर्नेको दर २.३ प्रतिशत छ । कोरोना भाइरसबाट बुधबारसम्म दुई हजार ९ जनाको मृत्यु भएको छ भने ७५ हजार १९६ जना संक्रमित छन् । चीनियाँ अधिकारीका अनुसार १४ हजार ४४९ जनालाई रोग ठिक भएर घर फर्केका छन् ।

 

रिपोर्टमा अरु के छ ?

सीसीडीसीले यो रिपोर्ट सोमबार जारी गरेको थियो भने यो चीनी जर्नल एपिडेमिओलोजी मा प्रकाशित भएको छ । यो रिपोर्ट बनाउनकालागि ११ फ्रेबुअरीसम्म ४४ हजार भन्दा बढी बिमारीहरुको अध्ययन गरिएको छ ।

यस भाइरसबारे पहिला जे जानकारी थियो, यो शोधले त्यसैलाई पुष्टि गरेको छ । रिपोर्टमा यो पाइयो कि ८०.९ प्रतिशतमा यसको सामान्य संक्रमण भएको थियो । १३.८ प्रतिशतमा तीव्र संक्रमण भएको र ४.७ मा मात्रै ज्यानै लिने संक्रमण भएको देखिन्छ ।

भाइरसको शिकारका कारण मर्नेवालाको संख्या त कम छ तर ८० प्रतिशत भन्दा बढी उमेरका मानिसको मर्ने संख्या बढी छ । यदि महिला र पुरुषको कुरा गर्ने हो भने मर्नेको दर पुरुष २.८ प्रतिशत र महिला १.७ प्रतिशत छ ।

रिपोर्टमा यो पाइयो कि मुटुका बिरामी, मधुमेह र दम तथा धेरै तनाव लिने मानिसहरुमा कोरोना भाइरस संक्रमण हुने धेरै खतरा देखिन्छ । स्वास्थ्यकर्मीमा खतराबारे रिपोर्टमा भनिएको छ ।

अहिलेसम्म तीन हजार १९ स्वास्थ्यकर्मी यसको शिकार भइसकेका छन् । ११ फ्रेवुअरीसम्म १७ सय १६ मा यो पुष्टि भएको छ ।

यो रिपोर्टले के भविष्यवाणी गर्छ ?

रिपोर्टका अनुसार कोरोना भाइरस सबैभन्दा बढी जनवरी २३–२६ का बीच फैलिएका थियो । यो भन्दा पछि यसको फैलावटमा कमी आयो ।

रिपोर्टका अनुसार भाइरसको प्रभावमा कमी आउनुको कारण पुरै शहरमा आवतजावतमा प्रतिबन्ध लाग्नु, विभिन्न च्यानलबाट यस भाइरसबारे प्रचार प्रसार हुनु हो ।

तर, शोधकर्ताले यो चेतावनी दिएका छन् कि धेरै मानिस लामो बिदा मनाएर पर्किदै छन् यसकारण भाइरस फेरि छिटो फैलन रोक्नका लागि तयारी गर्नु जरुरी छ ।

क्रूज़मा के भइरहेको छ ? 

चीनमा पत्ता लागेको यो भाइरस विश्वका धेरै देशमा फैलिएको छ । कम्तीमा पनि दुई वटा क्रुजमा यात्रा गर्ने मानिसमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

जापानको योकोहामा बन्दरगाहामा डायमण्ड प्रिसेज नामको एउटा क्रुजलाई ३ फ्रेवुअरीबाट अलग राखिएको छ । क्रुजमा सवार हङकङका एक व्यक्तिमा यसको संक्रमण भएको पुष्टि भएपछि क्रुजलाई अलग राखिएको हो ।

यस क्रुजमा ३७ सय मानिस छन् जसमा चार सय ५० मानिस यस भाइरसबाट ग्रसित छन् । मंगलबार दक्षिण कोरियाले क्रुजमा रहेका आफ्ना नागरिकलाई बाहिर निकाल्ने फैसला गर्यो ।

यसभन्दा अघि क्यानडा, अष्ट्रेलिया, ब्रिटेन, इजरायल र हङकङले आफ्ना नागरिकलाई क्रुजबाट निकालिसकेका थिए । एक अर्को जहाज एमएस वेस्टरडैमलाई एसियाका धेरै बन्दरगाहमा रहनकालागि अनुमति दिइएन ।

आधिकारीहरुलाई शंका छ कि जहाजमा कोरोना संक्रमित मानिसहरु सवार छन् भन्ने । अन्तयमा त्यो जहाजलाई कम्बोडियामा रहनकालागि ठाउँ मिल्यो जब पुष्टि भयो कि जहाजमा सवार कोही मानिसमा कोरोना भाइरसको संक्रमण छैन भन्ने ।

जहाजबाट उत्रेका मानिसलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन ले नै स्वागत गरेका थिए । तर केही दिन पछि त्यही जहाजमा सवार एक महिलामा मलेसिया पुग्नासाथ कोरोना भाइसरबाट संक्रमित भएको पाइयो ।

यसपछि उक्त जहाजमा यात्रा गर्ने सबै यात्रीको खोजी भइरहेको छ । उनीहरु कोही मलेसिया, कोही थाइल्याण्ड त कोही अमेरिका र क्यानडा पुगेका छन् । कति देशले भनेका छन्, उक्त जहाजमा भएका कोहीपनि विदेशीलाई आफ्नो देशमा छिर्नपनि दिने छैनौं ।

जहाजमा अहिलेपनि दुई सय ५५ यात्री र सात सय ४७ क्रु सदस्य र चार सय भन्दा बढी यात्रीको राजधानीको एक होटलमा रखिएको छ । र उनीहरुको स्वास्थ्य परीक्षणपछि नतिजाको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्