चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुगेको छ । हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचारमा जनाइएको छ । चीनसँग अन्य २६ देशमा पनि फैलिएको कोरोनाको संक्रमण रोक्न विभिन्न देशले चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।

ती देशहरुले चीनसँगको व्यापारीक तथा अन्य सम्बन्धलाई तत्कालका लागि बन्द गराएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाको संक्रमण नियन्त्रणमा रहेपनि खतराबाहिर भने नरहेको बताएका छन् ।

उनले कोरोनाको संक्रमण थप फैलन नदिन गरिएका सावधानीका उपाय पर्याप्त नभएपनि सन्तोषजनक नै रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्