दुखद खबर : ‘कोरोनाभाइरस’ को संक्रमणबाट चीनभरि मृत्यु हुनेको संख्या २२ सय

दुखद खबर : ‘कोरोनाभाइरस’ को संक्रमणबाट चीनभरि मृत्यु हुनेको संख्या २२ सय

बेइजिङ, फागुन ९ । ‘कोरोनाभाइरस’ को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुग्नुका साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।

भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका जनाइएको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्