गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परे

<span class='c1'>गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा</span> <span class='c2'>डेंगुका बिरामी फेला परे</span>

गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।

'दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,' अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले भने।

ती बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्।

गत वर्ष वर्षाको समयमा डडेल्धुरामा १२ जनामा डेंगु रोग देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्