कोरोना भाइरस विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको दाबी

<span class='c1'>कोरोना भाइरस विरुद्धको मुखबाट लिन</span> <span class='c2'>सकिने ‘भ्याक्सिन’ पत्ता लागेको दाबी</span>

काठमाडौं, फागुन १३ गते । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ ।

चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको थियो । उहाँले आफंैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गर्नुभएको थियो । सो क्रममा उहाँमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ ।
साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ ।

सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्