विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप बनाउन वैज्ञानिक सक्रिय

विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप बनाउन वैज्ञानिक सक्रिय

वासिङ्टन, फागनु १७ गते । विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने दौरानमा विश्वका धेरै वैज्ञानिकले कडा मिहिनेत गरे पनि अहिलेसम्म सो खोप पत्ता लाग्न सकेको छैन ।

अहिले विश्वभरमा कोरोना भाइरसको संक्रमण रोकथामा गर्ने २० प्रकार भन्दा बढीका खोपहरू विकास गरिदै गरेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकले शुक्रबार बताउनुभयो ।
तर स्वास्थ्य अधिकारीहरूले भने यस प्रकारको खोप पूर्ण रुपमा उपयोगी भएको प्रमाणित हुन र आवश्यक स्वीकृति लिनका लागि कम्तिमा एक वर्षको समय लाग्ने बताएका छन् ।

यसैबीच उक्त भाइरसको संक्रमणबाट उत्पन्न हुने अन्य लक्ष्यणहरूको उपचारका लागि विभिन्न खाले औषधि क्लिनिकल परीक्षणमा रहेका छन् । सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्