कोरोनाभाइरसका कारण अमेरिकामा पनि एकको मृत्यु,वाशिङटनमा आपतकालिन घोषणा

कोरोनाभाइरसका कारण अमेरिकामा पनि एकको मृत्यु,वाशिङटनमा आपतकालिन घोषणा

एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ ।

गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । यो घटनापछि वाशिङटनमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

जोखिमयुक्त क्षेत्रको सम्पर्कमा नआएका व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएपछि अमेरिकी स्वास्थ्य अधिकारी चिन्तित भएका छन् ।अमेरिकामा कोराना भाइरस संक्रमित व्यक्तिको संख्या ६२ पुगेको छ । उनीहरुको क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।कोरोनाका कारण आफ्नो एक नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी नागरिकरुलाई इरान, इटली र दक्षिण कोरियाको भ्रमणमा भने रोक लगाईएको छ ।विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्