कतारको दोहास्थित नेपाली दूतावासले कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ ।कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो ।
संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ ।
संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ ।