भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला

भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला

नयाँ दिल्ली । गत साता हिंसात्मक घटनाको सामना गरेको भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला परेको बताइएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलंगानामा एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । नयाँ दिल्लीमा भेटिएका कोरोना संक्रमित केही दिनअघि युरोपको कोरोना इपिसेन्टर इटालीबाट फर्किएको बताइएको छ । उनलाई आरएमएल अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

तेलंगानामा भेटिएका कोरोना संक्रमित केही दिनअघि दुबईबाट फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी स्वास्थ्यमन्त्री हर्ष वर्दनका अनुसार कोरोना संक्रमित मुलुकबाट आएका करिब २५ हजार नागरिकको जाँच भइरहेको र उनीहरुलाई निगरानीमा राखिएको बताएका छन् ।

उनका अनुसार भारतका १९ क्षेत्रमा कोरोना जाँच केन्द्र स्थापना गरिएका छन् । यसअघि केरलामा पनि कोरोना संक्रमित भेटिएका थिए । उनीहरुको उपचारपछि घर फर्काइएको बताइएको छ ।

चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट करिब तीन हजारको मृत्यु भइसकेको छ भने ८९ हजार संक्रमित भएका छन् ।

इरानमा ५० जनाको मृत्यु भएको छ भने इटालीमा ३० जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा चारहजार भन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ भने १७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्