रोचक : कोरोना सर्ने डरले चुम्बन नर्गन सुझाव

<span class='c1'>रोचक : कोरोना सर्ने</span> <span class='c2'>डरले चुम्बन नर्गन सुझाव</span>

पेरिस : फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् ।

फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो । यसअघि भने उनले एकअर्कासँग हात नमिलाउन आग्रह गरिसकेका थिए।

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ । चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ र संक्रमित हुनेको संख्या ७९ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै चीन बाहिर संक्रमित हुने ७ हजार तथा १ सय १२ को मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्