नेपाल भ्रमण गरेर फर्किएका एक जनाको कोरोना भाइरसका कारण मृत्यु

नेपाल भ्रमण गरेर फर्किएका एक जनाको कोरोना भाइरसका कारण मृत्यु

स्पेनमा पनि कोरोना भाइरस अर्थात कोभिड-१९ काे कारण एक जनाको ज्यान गएकाे पुष्टि भएकाे छ । उनको फेब्रुअरी १३ तारिखमा भ्यालेन्सिया अस्पतालमा मृत्यु भएकाे थियाे ।

भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु जनाइएको छ ।

डेली मेलको अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएका थिए । तर समाचारमा उनलाई नेपालमै संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने चाहिँ खुलाइएको छैन ।

डेली मेलले बताए अनुसार नेपाल भ्रमण गरेर फर्किएपछि उनी बिरामी भएका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो ।

उनको मृत्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘ आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक व्यक्तिको फेब्रुअरी १३ मा मृत्यु भएको छ। भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्