अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित

अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित भएका छन् । भने ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले यसको पुष्टि गरेको हो ।

यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् ।कोरोना भाइरसको संक्रमण क्यालिफोर्निया राज्यमा नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको छ ।

यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्