कोरोना भाइरसको संक्रमण तीव्र भएपछि इटालीमा सबै स्कुल बन्द हुने

<span class='c1'>कोरोना भाइरसको संक्रमण तीव्र भएपछि</span> <span class='c2'>इटालीमा सबै स्कुल बन्द हुने</span>

एजेन्सी– कोरोना भाइरसको संक्रमण तीव्र भएपछि इटालीमा सबै स्कुल बन्द हुने भएको छ। स्कुलहरु बिहीबारदेखि १० दिनका लागि बन्द गर्ने निर्णय इटली सरकारले गरेको हो।

यस्तै सिरी ए फुटबल प्रतियोगितालगायतका सबै व्यावसायिक खेल प्रतिस्पर्धाहरु एक महिनासम्मका लागि बन्द ढोकाभित्र हुने जनाइएको छ।

इटलीमा हालसम्म कोरोनाबाट १०७ जनाको मृत्यु भइसकेको छ भने ३ हजार जना संक्रमित भएका छन्। हालसम्म विश्वभर ३ हजार २ सय मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार पुगेको छ।

हालसम्म ८१ मुलुकमा फैलिएको यो संक्रमणबाट इटाली, इरान र दक्षिण कोरिया सबैभन्दा बढी प्रभावित भएका छन्। यो रोगका कारण इटालीको पर्यटन क्षेत्रले साढे ८ अर्ब डलर गुमाउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्