अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयाे

अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयाे

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजकाे जवाफी कारबाहीमा गोली चलाउने दुई जना मारिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ । गएको शनिबार अमेरिका र तालिवानी लडाकूबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने शर्तसहित शान्ति सम्झौता भएपछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो घटना हो । त्यो सम्झौताले अफगानिस्तानमा शान्ति ल्याउने आशा गरिएको थियो ।

आईएसआईएस भने सम्झौतामा सहभागी थिएन । अफगानिस्तानमा चलिरहेको द्वन्द्वका कारण २४ सय भन्दा धेरै अमेरिकी सेनाको ज्यान गैसकेको छ भने झण्डै १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्