इटालीले १ करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा राख्ने

<span class='c1'>इटालीले १ करोड ६०</span> <span class='c2'>लाख जनतालाई क्वारेन्टाइनमा राख्ने</span>

इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ ।अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् ।युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो ।

इटालीको मिलान र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ ।इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ ।

इटालीको सरकारी मिडिया क्योरियर डेला सेराले सरकारी आदेशको उक्त मस्यौदा प्रकाशित गरेको हो ।१ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।

उत्तरी इटालीका लगभग ५० हजार जनता क्यारेन्टाइनका कारण प्रभावित भएका छन् ।

अन्य के तरिका अपनाइएका छन् ?

नाइट क्लब, जीम, स्विमिङ पुल, म्युजियम र स्की रिसोर्ट बन्द गरिनेछन् ।रेष्टुरेन्ट र क्याफे खुल्ला रहन सक्छन् तर ग्राहक केही मिटर पर बस्नुपर्ने हुन्छ ।

जनतालाई जतिसक्दो घरमा नै बस्न भनिएको छ । क्वारेन्टाइन नमान्नहेरुलाई तीन महिनाको जेल सजाय पनि हुनसक्छ ।खेल प्रतिस्पर्धाहरु सर्वसाधारणका लागि बन्द गरिनेछन् । विश्व स्वास्थ्य संगठनले इटालीललाई भाइरसमै केन्द्रित हुन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्