भोड्कालाई ‘स्यानिटाइजर’ का रुपमा प्रयोग नगरौं

भोड्कालाई ‘स्यानिटाइजर’ का रुपमा प्रयोग नगरौं

एजेन्सी । नोभल कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय विश्वव्यापी रुपमा मास्क, हातमा लगाउने ‘स्यानिटाइजर’ लगायत सरसफाइका सामग्रीहरुको अभाव सुरु भएको छ । यसबीच मानिसहरुले घरैमा स्यानिटाइजर बनाउन थालेका हुन् । तर स्यानिटाइजरमा ‘अल्कोहल’ हुन्छ भन्दैमा भोड्का वा कुनै पनि मदिराको सीधा प्रयोग नगर्न भनिएको छ ।

यसअघि टिटो नामक भोड्का कम्पनीका ग्राहकले आफूले घरैमा ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन उक्त भोड्काको प्रयोग गरेको भनि सबैतिर प्रचार गरेका थिए । तर स्वास्थ्यविद्हरुका अनुसार स्यानिटाइजरमा ६० प्रतिशत ‘अल्कोहल’ हुनुपर्दछ जसकारण सामान्य मदिराले सो आवश्यकता पूरा गर्न नसक्ने बताइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सबै समक्ष अझैपनि साबुन पानीले हात धुनु नै भाइरस विरुद्धको सबैभन्दा उपयुक्त तरिका भएको उल्लेख सुझाइरहेको छ । यसमा साबुन र पानी उपलब्ध नभएको अवस्थामा मात्र स्यानिटाइजर प्रयोगमा ल्याउन भनिएको हो ।

त्यस्तै विज्ञहरुले चाहिँ सामान्य विकल्पका रुपमा घरैमा बनाइएको स्यानिटाइजर प्रभावकारी नहुने सुझाव दिएका छन् । नेपाल सहित विश्वका अधिकांश मुलुकमा केही समय यता स्यानिटाइजरको व्यापक अभाव देखा परेको छ । यसरी साबुन पानीले हात धुँदा समेत २० सेकेन्ड सम्म मिच्न र सबैलाई अनुहारमा छुने नगर्न अनि हाक्ष्यु गर्दा वा खोक्दा मुख छोप्ने गर्न भनिएको छ । यसैगरी संक्रमित सतहलाई सफा राख्न ‘डिस–इन्फेक्टेन्ट’ अर्थात व्याक्टेरिया नष्ट गर्ने केमिकलको प्रयोग गर्न भनिएको छ । त्यस्ता केमिकलले हाम्रो छालामा भने काम गर्दैनन् ।  सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्